त्रिविका निदाइरहेका पदाधिकारीलाई बिउँझाउन विरोध स्वरूप स्ववियुको बाइक हर्न 

दक्ष खबर 15660+ समाचार ( )
२६ मंसिर २०८०, बिहीबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकका भिसिले आफ्नो नैतिक जिम्मेवारी भुलेर दिएको अभिव्यक्तिलाई लिएर स्वतन्त्र विद्यार्थी युनियनले आज विरोध जनाएको छ । विगतका दिनहरूमा झैँ विभिन्न मागहरू सहित सञ्चालित आन्दोलन अन्तरगत आज विद्यार्थीहरूले भिसिको कार्यालय अगाडि बाइकमा हर्न बजाएर विरोध जनाएको हो ।

आज विरोधको १६औँ दिन उपकुलपति कार्यालय अगाडि बाइकमा हर्न बजाएर निदाइरहेका त्रिविका पदाधिकारीहरूलाई विउँझाउन विरोध जनाईएको त्रिवि केन्द्रीय क्याम्पस स्ववियु कोषाध्यक्ष पद्मा भुसालले जानकारी दिनुभयो । 


१६औँ दिनसम्म आइसक्दा पनि त्रिविका पदाधिकारीहरूबाट कुनै पनि किसिमबाट मागहरूको सम्बोधन हुने नदेखिएकाले आन्दोलनदाई तिव्रता दिइएको स्ववियु कोषाध्यक्ष भुसालले बताउनुभयो । उहाँले अझै उल्टै त्रिविका पदाधिकारीहरूबाट माग सम्बन्धन नगरि कागजी हिसावले अगाडि बढ्ने कुराहरू आइरहदाँ आफुहरू आफ्नो मागहरूलाई किनारा नलगाई पछि हट्ने अवस्थामा नरहेको भुसालले जानकारी दिनुभयो ।

त्रिविका पदाधिकारीकारीहरू आफ्नो सेवा सुविधाको भोगचलन गर्न नपाएकाले छट्पटीएर आन्दोलनलाई साम्य पार्न तिर लागेको र आफुहरूका विभिन्न मागहरूप्रति बेखबर रहेको अवस्थामा प्रस्तुत भईरहदाँ आज हर्न बजाएर विरोध जनाइएको उहाँले बताउनुभयो ।


त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले विगत १६ दिनदेखि त्रिविको उपकुलपति खुल्ला नियुक्त गरिनुपर्ने, त्रिविलाई डिजिटललाइज गर्नुपर्ने, लगायतका एक दर्जनभन्दा बढि माग सहित आन्दोलनमा रहेको छ । जसलाई नेपाल भर रहेका विभिन्न क्याम्पसका स्ववियु पदाधिकारीहरूले साथ सहयोग दिइरहेका छन । त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले त्रिविको सुधारको लागि विभिन्न चरणमा विरोधको कार्यक्रमहरू गर्दै आईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार