काठमाडाैँ । मेरिल्याण्ड इङलिस् स्कुलले एसईई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा ५ नयाँबस्तिमा रहेको स्कुलले २०८१ सालमा एसईई परीक्षा उतिर्ण विद्यार्थीहरुलाई अभिनन्दन गरेको हाे । जसमा १६ जना विद्यार्थीहरुले ए प्लस र १५ जनाले ए ग्रेड ल्याएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालकाे प्रमुख अतिथ्यता रहेकाे थियाे । साथै सो कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ्ग, वरिष्ठ गीतकार श्रवन मुकारुंग, सफल सगरमाथा आरोही तथा प्रहरी नायक निरीक्षक कुन्जंग शेर्पा सहितकाे विशेष अतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा मेरिल्याण्ड इङलिस् स्कुलका हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विभिन्न आकर्षक लोक संस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सफल सगरमाथा आरोही प्रहरी कुन्जना शेर्पाले विद्यार्थीहरुलाई उत्प्रेरणा सहितको मन्तव्य दिनुका साथै, 'नेभर गिभ अप, नेभर रिग्रेट' भन्दै विद्यार्थीहरूको आत्मा मनोबल बढाउनु भएकाे थियाे ।
मेयर दिपक रिसालले मेरील्याण्ड स्कुल यस भेगकै सफल र राम्रो शिक्षा दिने विद्यालय रहेको बथाउनु भयो ।
'माथि माथि शैलुंगेमा चौरी डुलाउनेलाइ' गीतका गीतकार रचनाकार श्रवण मुकारुंगले बोल्दै बा आमाले र शिक्षकले भनेर मात्र हैन विद्यार्थी आफैँले आफ्नो प्रतिभा र सम्भावना चिन्न सक्नु पर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा प्रिन्सिपल झलक मान तामाङ्गले सबै विद्यार्थी, शिक्षक सहित अभिभावकलाई बधाई दिदैँ सिक्ने क्रम कहिल्यै नसकिने हुनाले नयाँ नयाँ कुरा सिक्न विद्यार्थी सधैँ तत्पर हुनु पर्ने र सन्तुलित भएर पढाइ, व्यक्तिगत जीवन र करियरलाइ अघि बढाउनु पर्ने कुरामा जोड दिनुभयाे ।