काँग्रेस महाधिवेशन ०८४ पछि सार्ने अधिकार कसैलाई छैन : स्वास्थ्यमन्त्री

दक्ष खबर 16518+ समाचार ( )
२८ पौष २०८१, सोमबार

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काँग्रेसको महाधिवेशन ०८४ पछि गरेर पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । 

सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ भन्दा पछाडि अधिवेशन गर्दा पार्टीको वैधानिक संकट पैदा हुने बताउनुभयो । उहाँले कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन सम्पन्न हुनु नै सबैभन्दा राम्रो रहेको बताउनुभयो । उहाँले ०८४ मा अधिवेशन पु-याउने अधिकार कसैलाई नरहेको बताउनु भयो । काँग्रेस अहिलेका नेताहरु मात्रै सत्तामा बस्नको लागि नबनेको बताउनुभयो । काँग्रेस पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्ने बताउनुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, ‘अब अधिवेशनको सन्दर्भमा ०८४ भन्दा पछाडि अधिवेशन ग-यौँ भने पार्टीको वैधानिक संकट हुने स्थिति हुन्छ । पार्टीमाथि वैधानिक संकट पार्ने अधिकार कसैलाई पनि छैन । हुनसक्छ कुनैपनि तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि अधिवेशन भएको सबैभन्दा राम्रो हो । ०८४ अधिवेशन पु-याउने अधिकार कसैलाई छैन । यो पार्टी हामी मात्रै सत्तामा बस्नका लागि होइन । पछिल्लो पुस्ताका लागि लोकतन्त्रको पहरेदार शक्तिको रुपमा सधैँ स्थापित हुनुपर्छ । ०८३ सालभित्रै अधिवेशन हुन्छ ।’

मन्त्री पौडेलले नेपाली काँग्रेस नेपाली राजनीतिको विश्वविद्यालय भएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार