नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ को महासमिति निर्वाचनमा सम्पन्न, को को भए विजयी ?

दक्ष खबर 17388+ समाचार ( )
२६ मंसिर २०८०, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ को महासमिति निर्वाचनमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट नव महासमिति सदस्यहरू चयन भएका छन् ।  

जसमा प्रत्यक्ष पुरूष खुल्ला तर्फ क्षेत्रीय सभापति श्यामकृष्ण संगत, वाग्मती प्रदेश सभा सदस्य श्री राम लामिछाने, न्हुक्षे नारायण श्रेष्ठ, राजु थापा, तथा विनोद चालिसे विजयी हुनु भएको छ । 

उक्त निर्वाचनबाट प्रत्यक्ष महिला तर्फ नर्वदा पोख्रेल र रमिला महत गर्तौला विजयी हुनु भएको छ । जसमा समानुपातिक महिला तर्फ कल्पना मल्ल ठकुरी, खस आर्य पदमा भोलानाथ लामिछाने, आदिवासी जनजाति तर्फ सत्यमान लामा तथा दलित अल्पसंख्यक तर्फ राजु परियार विजयी हुनु भएको छ । 

काठमाडौँ क्षेत्र -४ नेपाली कांग्रेसका महामन्त्री एवं क्षेत्र ४ का संसद गगन कुमार थापा क्षेत्रका रूपमा लिइन्छ । यस क्षेत्रलाई नेपाली कांग्रेसको पकड क्षेत्रका रूपमा पनि लिइन्छ ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तरगत काठमाडौं महानगरपालिका अन्तरगतका वडा १ नक्साल, वडा ७ चावहिल, वडा ८ देवपतन, वडा ३० मैतिदेवी डिल्लीबजार क्षेत्र पर्दछ भने बुढानिलकण्ठ नगरपालिकाको वडा १ बुढानिलकण्ठ, वडा २ चप्पली, वडा ८, ९ महांकाल, वडा १० ११, १२ कपन,  वडा १३ चुनिखेल पर्दछ । 

उक्त मतदानमा जम्मा मतदाताको संख्या ३०६ रहेको र जसमध्ये महासमिति निर्वाचनमा २७८ जनाले मतदान गर्नुभएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार