राजावादीहरुले आजबाट काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्ने

दक्ष खबर 16457+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । 

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ–संगठनले गणतन्त्र दिवसका दिन दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । 

रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने र आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार