विनायक सिद्ध कलेजद्वारा एसईई करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न (तस्विरसहित)

दक्ष खबर 17388+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

काठमाडाैँ । काठमाडाैँकाे चावहिलमा रहेकाे विनायक सिद्ध कलेजले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ग्रान्ड एसईई करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईई सकेर नतिजाकाे प्रतिक्षामा रहेका विद्यार्थीहरूलाई बुधबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एसईई करिअर काउन्सिलिङ कार्यक्रममा सम्पन्न गरेको छ ।

कार्यक्रमकाे प्रमुख आतिथ्यता नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट तथा कार्यकारी अधिकृत मनोज ज्ञवालीको रहनुभएकाे थियो ।

क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले,'लामो समयदेखि नेपालको शैक्षिक उन्नयनमा समर्पित विनायक सिद्ध कलेजले एसईईको परीक्षा दिएर बसेका करिब २ हजार विद्यार्थीलाई कक्षा ११ मा कुन विषय र क्षेत्रमा जाँदा राम्रो हुन्छ भन्ने विषयमा विगतका वर्षहरूदेखि नै करिअर काउन्सिलिङ गर्दै आएको बताउनुभयाे ।


उहाँले, 'त्यसकै निरन्तरतास्वरूप यो वर्ष पनि आफ्नो भविष्य कुन विषय पढ्दा उज्ज्वल हुन्छ, अबको सम्भावना के/के विषयमा बढी छ भन्ने विषयमा विभिन्न क्षेत्रका विषयविज्ञहरूको अनुभवलाई शेयर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिंखडाले बताउनुभयाे ।

उहाँले, प्लस टु र ब्याच्लर लेभललाई लक्षित गरेर सुरु गरिएको विनायक सिद्ध (भीएस) कलेजले आज मन्टेश्वरीदेखि मास्टर्स डिग्रीसम्म विस्तार भइसकेको र करिब ९ हजार विद्यार्थीलाई कलेजले दीक्षित गराइसकेको बताउनुभयाे । 

भीएस कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले नै यो कलेज विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको क्याम्पस प्रमुख सिंखडाले बताउनुभयाे ।

कार्यक्रममा उत्कृष्ठ बिद्यार्थीहरूलाई सम्मान सहित चर्चित ब्यान्ड सबिन राई र द फारोकाे प्रस्तुती रहेकाे थियाे । त्यस्तै कार्यक्रममा  विभिन्र क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तीहरूकाे सहभागीता रहेकाे थियाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार