वडा २७ मा नेल आर्ट सम्बन्धि तालिम सम्पन्न, २२ जना महिला लाभान्वित

दक्ष खबर 16456+ समाचार ( )
८ पौष २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ ले स्थानीयहरूलाई नेल आर्ट सम्बन्धि तालिम प्रदान गरेको छ । 'सिप सिकौं, आत्मनिर्भर बनौँ' भन्ने मुल नारा सहित वडाले लुक्स युनिसेक्स हियर एण्ड ब्युटि स्टुडियो सँगको सहकार्यमा तालिम प्रदान गरेको हो ।

१५ दिनको तालिमलाई समापन गर्दै वडाअध्यक्ष योगेश कुमार खड्गीले वडाबाट प्रदान हुने हरेक तालिम महिलाहरूको सिप योग्यता र क्षमता वृद्धि विकासका लागि दिईने हुदाँ सबैलाई सहभागीताबा  लागि आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउन सधैं प्रयास गरिरहेपनि महिलाहरू त्यसतर्फ अग्रसर हुन इच्छुक नदेखिएको बताउनुभयो ।

वडा अध्यक्ष खड्गीले कामपाका ३२ वटै वडाहरूले तालिम दिन्छन्, यो आफ्नो खुट्टामा आफैँ उभिनका लागि हो । महिलाहरू घरको काम सँगसँगै बाहिरका काममा पनि उत्तिकै अग्रसर होउन भन्नका लागि तालिम दिदैँ आईरहेको बताउनुभयो ।

त्यस्तै, वडासदस्य सृष्टि कांशाकार तुलाधरले, स्थानीय महिलाहरूमा देखिएको उत्साहले स्थानीय तहहरूलाई कसरी नयाँ नयाँ तालिमहरू प्रदान गर्ने भन्ने तर्फ अग्रसर गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले १८ वर्षदेखि ४५ वर्षसम्मका २२ जना महिलाहरूलाई यो पटक अवसर दिएको र त्यसमा पनि कतिपय युवायुवतीहरू रहेकाले यसलाई बेयवसायका माध्यमबाट अगाडि बढाउनेमा आफुहरू नतमस्तक रहेको बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष योगेश् कुमार खड्गी, वडासदस्यहरू सृष्टि कांशाकार तुलाधर, दिनेश श्रेष्ठ,धर्म प्रजापति, प्रभा परियार, वडा सचिव मधु पाण्डे सहित प्रशिक्षक र प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो ।

यो सँगै हाल वडा २८ ले डेबक्स, एआई, डिजिटल मार्केटिङ सहित डिजाइनिङका कोर्सहरू पनि सिकाइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार