ढल्को तेक्वान्दो वडाअध्यक्ष तेक्वान्दो प्रतियोगिताकाे च्याम्पियन (तस्विरसहित)
३ पौष २०८२, शनिबार
काठमाडाैँ । ढल्को तेक्वान्दो डोजाङ वडाअध्यक्ष तेक्वान्दो प्रतियोगिताकाे च्याम्पियन बनेको छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो । काठमाडौँ महानगरपालिका वडा ८ को सहयोगमा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसहित लायन मार्सल आर्ट दोश्रो भएको हो । त्यसैगरी, दीलिप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य सहित तेस्रो भएको हो ।
विजेतालाई नेपाली कांग्रेस क्षेत्र ४ का सभापति श्यामकृष्ण संगत, कामपा वडा ८ का अध्यक्ष आशामान संगत, वडा सदस्य सरस्वती राजभण्डारी र शेखर देउलालगायतले पुरस्कार वितरण गर्नुभएको हो । एकदिने प्रतियोगिताको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।
जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धामा २ सय १० खेलाडी प्रतिस्पर्धा गरेका थिए । हरेक प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । खेलमा जम्मा २१० जना विभिन्न उमेर समुहका खेलाडीहरू सहभागी रहेका थिए ।