कामपा ८ द्वारा वातावरणमैत्री कपडाको झोला र बेबी क्यारी ब्याग हस्तान्तरण (तस्विरसहित)

दक्ष खबर 16457+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले वडावासीहरूलाई वातावरणमैत्री कपडाको झोला र बेबी क्यारी ब्याग हस्तान्तरण गरेको छ ।

वडाभित्र रहेका सम्पत्ति कर नियमित तिर्ने करदाताहरूलाई लक्षित गरी वातावरणमैत्री कपडाको झोला र २०८२/८३ मा बच्चा जन्मेको ३५ दिनभित्रै बच्चाको जन्मदर्ता गराउने अभिभावकहरूलाई बेबी क्यारी ब्याग हस्तान्तरण गरिएको हो ।

वातावरणमैत्री कपडाको झोला र बेबी क्यारी ब्याग हस्तान्तरण गर्दै वडाअध्यक्ष आशामान संगतले, नियमित कर तिर्ने बानीलाई प्रोत्साहन गर्न र बच्चाको समयमानै जन्मदर्ता बनाउन साथै अभिभावकहरूलाई आफ्नो जिम्मेवारी प्रति दत्तचित्त रहन लागि हौँसला प्रदान गरिएको बताउनुभयो । उहाँले, "जिम्मेवार नागरिकहरूलाई वडाले कसरी प्रोत्साहन गर्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण रहेको बताउनुभयो ।"



उहाँले, स्थानीय सरकारको दायित्व भुमिका र कर्तब्यबारे समयमानै आम जनमानस सु-सुचित हुन जरुरी रहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा -८ ले स्थानीय स्तरमा यसरी हौसला प्रदान गर्ने काम गर्नुले सबै जनमानसलाई आफ्नो कर्तब्य बोध तर्फ अग्रसर गराउने स्थानीयहरूले बताउनुभयो ।

कामपा ८ ले वडाभित्रका स्थानीयहरूलाई हौँसला प्रदान गर्न विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार