असन सेवा समितिबाट वडाअध्यक्ष योगेश कुमार खड्गी सम्मानित

दक्ष खबर 17388+ समाचार ( )
१६ श्रावण २०८३, आइतबार

काठमाडौँ । असन सेवा समितिको छैठौँ साधारण सभाको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष योगेश कुमार खड्गी सम्मानित हुनुभएको छ ।

वडा अध्यक्ष खड्गीले समुदायको विकास, सामाजिक सेवा, जनहितका कार्य तथा स्थानीय तहमा पुर्‍याउँदै आउनुभएको निरन्तर योगदान, समर्पण र सक्रिय नेतृत्वको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरेको हो ।

समितिले स्थानीय समुदायको उत्थान, सामाजिक एकता र विकासका क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै सम्मानपत्र प्रदान गरेको जनाएको छ ।

सम्मान ग्रहणपछि वडा अध्यक्ष खड्गीले प्राप्त सम्मानलाई सम्पूर्ण वडावासी, सामाजिक अभियन्ता तथा सहकार्य गर्ने सबैप्रति समर्पित गर्दै आगामी दिनमा पनि जनउत्तरदायी, पारदर्शी र विकासमुखी कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस अवसरमा उहाँप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि समाज, समुदाय र राष्ट्रको हितमा थप सफलताका साथ सेवा गर्ने शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार