काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।
काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका पूर्व प्रमुख पिएल सिंहले घाेषणा घोषणा गर्नु भएको थियाे ।
प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज काठमाडौँ महानगरपालिकाले शोक विदन समेत दिएको छ ।