काठमाडौँ । उच्च शिक्षामा प्रतिबद्ध चाबहिलमा रहेकाे सेन्ट लरेन्स कलेजले २८औँ ब्याचका विद्यार्थीहरूलाई अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समाराेहका बिच कलेजले कक्षा ११ मा भर्ना भएका २८औँ ब्याचका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण एवं परामर्श प्रदान गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले, 'एसईई उत्तीर्ण भएकोमा सबै विद्यार्थीलाई बधाई दिदैँ आगामी अध्ययनका लागि विद्यार्थीहरूले आफ्नो रुचिको विषय हृदय देखि नै रोजेकाले सबै विद्यार्थी सफल हुन्छन् विश्वास ब्यक्त गर्नुभयाे ।' सेन्ट लरेन्समा पढ्न आएका विद्यार्थीले आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि सही कलेजको छनोट गरेको बताउनुभयाे ।
नव आगन्तुक विद्यार्थी प्रीति पौडेलले, 'आफ्नो उज्ज्वल भविष्यका लागि लामो र सफल इतिहास भएको कलेज छानेको उल्लेख गर्दै सोही मञ्च मार्फत आफूलाई एसईईमा ४ जिपिए ल्याएर उत्तीर्ण गर्न सफल भएकाे बताइन ।'
कार्यक्रममा उत्प्रेरक वक्ता डा तारा जीले, उहाँले विद्यार्थी, अभिभावक, कलेज प्रशासन तथा शिक्षक शिक्षिकाहरूले गर्नु पर्ने र गर्न नहुने कुराहरू बारे अर्थपूर्ण प्रस्तुति दिनु भएकाे थियाे । उहाँले बालबालिकाहरूलाई तुलना गर्न नहुने, आफ्नो क्षमता पहिचान गरेर त्यँही बाटो तिर लाग्न दिनुपर्ने, सिकाइका लागि उपयुक्त वातावरण घरबाटै दिनुपर्ने, अभिभावकको सम्बन्ध सुमधुर हुनुपर्ने लगायतका अभिभावकीय जिम्मेवारी सहित विद्यार्थीले गर्नुपर्ने कुराहरू र सफलताको सूत्र प्रदान गर्नुभयाे । '
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले, 'नयाँ उद्देश्य र उत्प्रेरणा बोकेर देशभर बाट आउनु भएका विद्यार्थीहरूलाई स्वागत गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयाे । २८औँ ब्याचसम्म आइपुग्दा सर्वोत्कृष्ट प्लस टुका रूपमा सेन्ट लरेन्स स्थापित भएको बताउदैँ यो उपलब्धि सबैको मेहनत र सहकार्यले प्राप्त भएको उनले उल्लेख गरे।' माध्यमिक शिक्षा परीक्षा पास गरेर आएका विद्यार्थीहरूको अबको यात्रा अझै चुनौतीपूर्ण हुने हुँदा मेहनत गरेर उच्च शिक्षाका लागि आधार बनाउने अठोट लिन उहाँले विद्यार्थीहरूलाई अपिल गर्नुभयाे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले,'पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देशका ७७ वटै जिल्लाबाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय अति उपयुक्त भएको बताउदैँ उहाँले बधाई एवं शुभकामना दिनुभयाे ।' कलेजले उहाँहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता कलेजका अध्यक्ष दंगालले ब्यक्त गर्नुभयाे । कार्यक्रममा विभिन्र क्षेत्रका व्यक्तीहरूलाइ सम्मान गरिएकाे थियाे ।
उहाँले, 'माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनका क्रममा भएका प्राविधिक त्रुटिहरूका कारण धेरै विद्यार्थीहरू समस्यामा परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे । उहाँले सम्बन्धित निकायलाई त्यसप्रति सचेत गराएकाे बताउदैँ सबै विद्यार्थीको उज्ज्वल भविष्यको शुभकामना सहित कार्यक्रम समापन गर्नुभयाे ।'
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्प्रेरक वक्ता डा तारा प्रसाद गिरीको उपस्थिति रहेको थियो। अभिमुखीकरणमा नव आगन्तुक विद्यार्थीहरूलाई नै प्रमुख अतिथिका रूपमा आशन ग्रहण गराइएकाे थियाे । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी, प्रधानाध्यापक पुरुषोतम महर्जन सहित अन्य प्रशासकहरू, विभिन्न क्षेत्रका आमन्त्रित अतिथिहरू र कलेजका शिक्षक, शिक्षिका विद्यार्थीहरूको उपस्थिति रहेकाे थियो । कार्यक्रममा सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरीएकाे थियाे ।