रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

दक्ष खबर 16456+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

काठमाडौँ । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो ।

आज रवि पक्षका १० जना वकिलहरूले बहस गरेको वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी दिए । 

उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । 

उनले भने, ‘आज रवि लामिछानेको पक्षमा १० जना वकिलहरूको वहस भएको छ । भोली एक जना वरिष्ठ अधिवक्ताको बहस हुने छ । त्यसपछि छविलाल जोशीको बहस हुन्छ अनि सरकारी पक्षको बहस भएपछि आदेश हुन्छ ।’ 

यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार