सिन्धुपाल्चोक जिल्लाबाट एक व्यक्ति बेपत्ता,खोजी गरिदिन आग्रह

दक्ष खबर 15668+ समाचार ( )
६ अशोज २०८१, आइतबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाबाट एक व्यक्ति व्यपत्ता भएका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१३, गोसाई गाउँका ५० वर्षीय सेतु पुरी असोज १ गतेबाट बेपत्ता भएका हुन्। 

घरबाट खेतमा जान्छु भन्दै हिँडेका पुरी परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजि गरिदिन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रहरी परिसर चौतारा प्रहरी वृतमा निवेदन दिए पनि अहिलेसम्म पत्ता नलागेको परिवारका सदस्यहरुले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार सोहि दिन  बिहान ८ः५८ मा दोलालघाटको इन्द्रावती नदि पुलमा काठमाडौँतर्फ हिँडिरहेको अवस्थामा सिसि टिभी फुटेजमा पुरीलाई देखिएको जनाएको छ ।

पुरीको साथमा भएको मोवाइल अफ भएकाले अहिलेसम्म पुरीको पछिल्लो अवस्थाका बारेमा पत्ता लगाउन समस्या भएता पनि जिल्ला प्रहरी कार्यालयले पुरीको मोबाइलको लोकेशन ट्रयाक गरि खोजीकार्य जारी गरिरहेको जनाएको छ । 

वेपत्ता पुरीलाई कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८६०१७१३०३, ९७६७६५३७८३ मा आफन्तलाई खबर गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार