गोनपाका मेयर दिपक रिसाल शहरी विकास मन्त्रालय अन्तरगतको नगर विकास कोषको सदस्यमा मनोनित

दक्ष खबर 16458+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्यमा मनोनित हुनु भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैकठको निर्णयले मेयर रिसाललाई मनोनित सदस्यमा मनोनयन गरेको हो । 

बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले उहाँलाई शहरी विकास मन्त्रालय अन्तरगत रहेको नगर विकास कोषको सदस्यमा मनोनित गरिएको बताउनुभयो हो । उहाँलाई शहरी विकास मन्त्रालयले मनोनयन गरेको चिठी प्रदान गरेको छ । 

यस्तो छ पत्रको विवरण, "तपाईंलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१/४/२२ को निर्णयानुसार नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम २ (दुई) वर्षको लागि नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनीत गरिएको व्यहोरा अनुरोध छ ।" 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार