पशुपतिनाथको जलहरीमा प्रयोग भएको सुनको तौल जोख्न गर्भगृहबाट निकायो (तस्विरसहित)

दक्ष खबर 6469+ समाचार ( )
१० असार २०८०, आइतबार
काठमाडौँ। पशुपतिनाथको जलहरीमा प्रयोग भएको सुनको तौल जोख्न गर्भगृहबाट निकालिएको छ ।

जलहरी बनाउँदा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको भन्दै आलोचना भएपछि सुनको मात्रा जोख्न गर्भगृहबाट निकालिएको हो । 

महालेखाको प्रतिवेदनमा १० किलो ९ सय ७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख भएपनि सो सुन रिङ बनाउन प्रयोग भएको पुष्टि हुन सकेको छैन ।



पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन विकास कोषले खरिद गरेको थियो । 

पशुपति विकाश कोष, प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायका प्रतिनिधिको रोहवरमा सुन जोख्ने थालिएको हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार