काठमाडौँ । सन्ध्या पुस्तकालयले नजिकिँदै गरेका चाडपर्व लक्षित शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज आयोजित नेपालीहरूको दोस्रो महान चाड शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको पावन अवसरमा पुस्तकालयले शुभकामना आदानप्रदान सहित चियापान कार्यक्रम सम्पन्न गरेको हो ।
चियापान कार्यक्रममा सहभागी हुदैँ काठमाडौं महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगतले चाडपर्वले एकापस बिचमा भातृत्वका साथै असल सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा सन्ध्या पुस्तकालयका अध्यक्ष शिव कुमार संगतले, उपस्थित सम्पूर्णमा शुभकामना व्यक्त गर्दै एकापसको सम्बन्ध मजबुत बनाउन चाडपर्व एक कडी भएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न तह र तप्काका व्यक्तिहरूसहित स्थानिय, विभिन्न क्लबका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । त्यस्तै, पुस्तकालयले विभिन्न पदमा नियुक्त हुनुभएका व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो ।