३ लाख पुरस्कार राशीसहित पाँचौ डिएभी अन्तर कलेज फुटबल प्रतियोगिताको उपाधी विनायक सिद्ध कलेजलाई

दक्ष खबर 16530+ समाचार ( )
१६ पौष २०८०, मङ्गलबार

काठमाडौँ । पाँचौ डिएभी अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधी विनायक सिद्ध कलेजले जितेको छ । आज सम्पन्न खेलमा विनायक सिद्ध कलेजले पेनाल्टी सुट आउटमा पराजित गर्दै उपाधी हात पारेको हो ।

उक्त प्रतियोगितामा ४२ वटा टोली सहभागी रहेका थिए । चौथोँ डिएभी अन्तर कलेजको उपाधी पनि विनायक सिद्ध कलेजले हात पारेको थियो । 

यस्तै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल  सुमन बस्नेत, शिव शक्ति युनिफर्मका सञ्चालक/एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर अग्रवाल तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा विजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । 

त्यस्तै, प्रतियोगिताको प्रथम विनायक सिद्ध कलेजलाई  ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उच्च गोलकर्ता विनायक सिद्ध कलेजका महेश दर्नाललाई नगद १५,००० ट्रफी र प्रमाणपत्र वितरण गरिएका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार