काठमाडौँ । माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौँ शाखा घोराहीमा सञ्चालनमा ल्याएको छ । विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको कन्सल्टेसीले आइतबार आफ्नो नयाँ शाखाको औपचारिक रूपमा सञ्चालनमा ल्याएको हाे ।

प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश कुमार पाण्डेले, 'युवाहरुलाई अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सहज पहुँच दिन कन्सल्टेसीले खेलेको भूमिका महत्वपूर्ण रहेकाे बताउनुभयाे ।' उहाँले, यस्ता संस्थाले दक्ष जनशक्ति उत्पादनमा टेवा पु-याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले शैक्षिक क्षेत्रमा निजी संस्थाको सहयोगलाई सकारात्मक रूपमा लिएको बताउनुभयो ।
विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सविन प्रियासनले, 'विदेश अध्ययनमा जाने युवालाई सुसूचित बनाउने कार्य कन्सल्टेसीले गर्न जुरुरी रहेको बताउनुभयो ।' उहाँले, विदेश जानु अघि प्रष्ट मार्गदर्शन पाउनु विद्यार्थीको अधिकार भएको र त्यस्तो मार्गदर्शन दिने संस्थाको रुपमा उदाहरणीय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयाे ।
कन्सल्टेसीका सिईओ विवेक सिवाकोटीले,'संस्थाको विगतको यात्राको जानकारी दिँदै, कन्सल्टेसीले प्रदान गर्दै आएको सेवा तथा भावी योजनाका बारेमा प्रस्ट पार्दै, उहाँले कन्सल्टेसीबाट उच्च शिक्षा अध्ययनको लागी युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका देशमा अहिले सम्म ५ सयबढि विद्यार्थी पठाउन सफल भएको बताउनुभयो ।'
कन्सल्टेसी घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश कुमार पाण्डे र विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सविन प्रियासन रहनुभएको थियो ।
शाखा उद्घाटन कार्यक्रमअघि माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले घोराहीमा रहेको गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री, खाद्यान्न तथा खाना पकाउने भाँडा हस्तान्तरण गरेको थियो।