लोपोन्मुख पिंक संस्कृतिको प्रवर्द्धन गर्न युवाहरूको सक्रियतामा नुवाकाेटमा हालियो पिंक

दक्ष खबर 16462+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार


नुवाकोट । पिंक संस्कृति लोपोन्मुख रहेको परिपेक्षमा नुवाकोटका युवाहरूको सक्रियतामा पिंक हालिएको छ । नुवाकोटको बेल्कोटगढि नगरपालिका ४ का स्थानीय युवाहरूको सक्रियतामा सर्वसाधरण तथा स्थानीयहरूका लागि पिंक हालिएको हो ।

बडा दशैँ नजिकिए सँगै युवाहरूको सक्रियतामा पिंकको हालिएको हो । पछिल्लो समय नेपाली समाजमा पिंक संस्कृति लोपोन्मुख अवस्थामा रहेको छ । यसको प्रवर्द्धन र प्रोत्साहन गर्न आवश्यक रहेकाले स्थानीयको सक्रियतामा पिंक हालिएको हो ।

'लोपोन्मुख पिंक संस्कृतिलाई प्रवद्धन सँगसँगै प्रोत्साहन गर्नलाई पिंक हालिएको स्थानीय सुदिप सुवेदीले जानकारी दिनुभयो ।' चाडपर्व नजिकिए सँगै घर गाउँमा भेला भएका युवाहरूको सक्रियतामा पिंक हालिएको सुवेदीले जानकारी दिनुभयो ।


स्थानीय भुपिन्द्र बनियाँको सक्रियतामा वडा ४ का विभिन्न स्थानमा पिंक हालिएको स्थानियले जानकारी दिनुभयो । बानियाँको सक्रियतामा वडाको बानियाँगाउँ, दियाले र पञ्चासेमा पिङ हालिएको हो । उहाँले पिंक हाल्न आवश्यक सामाग्रीहरू जुटाइदिएको स्थानीयहरूले जानकारी दिनुभयो ।

दशैँमा टिकाको दिनमा नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइसकेपछि धर्ती छोड्नु पर्ने परम्परा रहेकाले पिंक खेल्ने प्रचलन अगाडि बढेको पाइन्छ ।


प्रतिक्रिया

हरि लामिछाने हाल साउदि अरेबिया ६ कार्तिक २०८०, सोमबार

सबै जनालाई बडादशै २0८0 को सुभकामना साथै सम्जना धेरै राम्रो काम सबैमा नमन आफू पर्देश मा भयनि आफ्नो गाउँ ठाउको धेरै धेरै माया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार