भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद् भवन उद्घाटन

दक्ष खबर 16510+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गनुभएकाे छ ।

आइतबार बिहान काठमाडौँ आइपुग्नुभएका विदेश सचिव मिश्रीले सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।  सो भवन भारत सरकारको अनुदानमा निर्माण गरिएको हो । 

२०७२ को महाभूकम्पले क्षति भएको उक्त भवन भारत सरकारले भूकम्पपछिको पूननिर्माणमा सघाउने कार्यक्रमअन्तर्गत निर्माण गरेको हो ।

सोमबार स्वदेश फकिर्ने कार्यसूची रहेका सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार