जेन-जी पुस्ताको प्रदर्शन : यस्ता छन् मागहरू !
२३ भाद्र २०८२, सोमबार
काठमाडौँ । जेन-जीहरूले आज माइतीघर मण्डलामा विशाल प्रदर्शनको तयारी गरेका छन् ।प्रदर्शनका क्रममा जेन-जीहरूको विभिन्न मागहरू रहेका छन् ।
जसमा भ्रष्टाचारी सरकारको राजीनामा, सबै नेताको सम्पत्ति छानवीन, भ्रष्टाचारीलाई कानुनी कार्वाही, सत्ताको मनोमानी, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध युवाहरूले आवाज उठाउन लागेका हुन् ।
जेन-जीले यो आन्दोलनलाई ‘नयाँ संघर्ष’को रूपमा चित्रण गरेका छन् ।