काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले विभिन्न बाजाहरूको संरक्षण प्रबर्द्धन एवं उन्नयनका लागि बाद्यवादनका सामग्री बाजाहरू हस्तान्तरण गरेको छ ।

स्थानीय बाजा गाजाहरूको प्रवद्धनका लागि वडाले स्थानीय क्लब दथु त्वा: बाजं खल: लाई विभिन्न बाद्यवादनका सामग्रीहरू वितरण गरेको हो ।
सामग्री हस्तान्तरण गर्दै काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, "स्थानीय बाजाहरूको संरक्षणका निमित्त बाजा हस्तान्तरण गरिएको बताउनुभयो ।" उहाँले, बाजाको संरक्षण र संस्कृतिको पुनर्जागरण गर्न आफु र आफ्नो टीम पूर्ण रूपमा अगाडि बढेको बताउनुभयो ।
साथै, उहाँले संस्कृति सम्पदा बाजागाजा संरक्षण सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यले दथु त्वा: बाजं खल: लाई विभिन्न बाद्यबादनका सामग्री बासुरी, मादल, खि, चक्का झ्याम्ता, ता:, कान्ता डबडब, बबुचा, चिम्ता झ्याली लगायतका सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
उक्त बाजा हस्तान्तरण कार्यक्रममा दथु त्वा: बाजं खल:का विभिन्न तह र तप्काका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।