काठमाडौँ । शिल्पा पोखरेलको अभिनयमा ‘डिभोर्स’काे कथा बोकेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक प्रमोद खरेल, अनु चौधरी र सुप्रिम मल्ल ठकुरीको स्वर रहेकाे छ ।
अनमोल विक्रमको शब्द रहेकाे गीतमा ऋषि खड्काको संगीत रहेकाे छ । गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल, विक्रम बुढाथोकी, एलेक्स खड्का र रमेश अधिकारीको अभिनय रहेकाे छ ।
विक्रम चौहानको कथा निर्देशनमा एलबी प्रोडक्सनले सार्वजनिक गरेको म्युजिक भिडियोमा डिभोर्सको कथा र यसको प्रभाव देखाइएको छ ।
‘सम्बन्ध टुट्नु सधैं दुखद हुन्छ, तर कहिलेकाहीं टुटफुटकै माझमा आत्मसम्मान बाँच्छ, स्वतन्त्रता फक्रन्छ, अनि आत्म–परिचय पुनः जन्मिन्छ ।
हामीले विवाहलाई जीवनको अन्तिम सत्य ठान्यौं, तर कहिलेकाहीँ त्यही विवाह नर्क बन्छ । समाजको डर, लाज, र परम्पराको नाममा धेरैले आफूलाई हराउँदैछन् । तर, एउटा कुरो बुझ्नुपर्छ अस्वस्थ सम्बन्धमा बाँचेको जीवन, एक्लै बाँचिएको शान्त जीवनभन्दा कहिल्यै महान् हुँदैन,’ निर्माता एलबी प्रोडक्सनले भनेको छ ।
हाम्रो देशमा ५०% यस्तो रेल घटनाहरू छ। जसलाई समेटेर बनाएको यो म्युजिक भिडियो अत्यन्तै राम्रो र सुन्दर छ सबैजनाले एकपटक हेर्नैपर्ने भिडियो सक्छौँ भने डिभोर्स नगरौँ हाम्रो छोरा छोरीको लागि भए पनि मिलेर बसौँ। धन्यवाद❤️🙏