वर्षमा तीन पटक रङ्ग बदल्ने मनमोहक कुपन्डिे दह (तस्बरिसहित)

दक्ष खबर 16456+ समाचार ( )
खगेन्द्र भट्टराई
२५ कार्तिक २०८२, सोमबार

सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरता अनुपम कडी हो । दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्ने गरेको छ । 

सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा अवस्थित कुपिन्डे दह प्राकृतिक सुन्दरताको अनुपम कडी हो । हरियालीले घेरेको पहाडको बीचमा शान्त र स्वच्छ पानी फैलिएको यो दह सतहमै बादल र जंगलको प्रतिबिम्ब कोर्ने ऐनाजस्तै देखिन्छ। बीच भागमा देखिने शिवलिङ्ग जस्तै उठेको भू–आकृतिले यसलाई धार्मिक आस्था र पौराणिक प्रतीकसँग पनि जोडेको छ। 


बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरीगाउँको  बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार