वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न कामपाका नगर प्रहरीका १७ वटा टोली परिचालन

दक्ष खबर 16458+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौँ । निरन्तर वर्षाका कारण काठमाडौँमा सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा खटिएका छन । महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्चालनमा एक स्टाटस लेख्दै अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको बताउनुभएको हो ।

टोलीहरु डुवान भएका वस्ती,  नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका प्रमुख शाहले बताउनुभयो ।  

उहाँले, वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको बताउदैँ स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास भईरहेको उहाँले बताउनुभयो । 

यस्ता विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व भएको प्रमुख शाहले बताउनुभएको छ । 

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भएमा काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार