अभियान पुरस्कार सम्मान तथा स्मारिका बिमोचन कार्यक्रम सफलतापुर्वक सम्पन्न

दक्ष खबर 799+ समाचार ( )
१ जेठ २०८०, सोमबार

काठमाडौँ । अभियान साहित्य कलाकार समाजको आयोजनामा शनिबार विशिष्ट ब्यक्तित्वहरु सम्मानित भएका छन् । वैशाख ३० गते शनिबार शँखधर पार्टी प्यालेसमा अयोजित अभियान पुरस्कार, सम्मान तथा स्मारिका विमोचन कार्यक्रममा विभिन्न स्रस्टा तथा कलाकार र समाजसेवी सम्मानित भएका हुन् ।

उक्त समारोहमा सस्थाको वार्षिक उत्सवको अवसरमा प्रकाशन गरिएको अभियान स्मारिका२०८० को विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वरिष्ठ हास्य ब्यङ्गकार कृष्ण मुरारी गौतम चट्याङ मास्टर, प्राज्ञ चेतनाथ धमला, समाजसेवी हरि प्रकाश पुडासैनी बरिष्ठ कलाकार देशभक्त खनाल,वरिष्ठ हस्यब्यङ्गकार डम्बर घिमिरे, सन्चारकर्मी शिरोमणि दवाडी, मनोज आचार्य, कवि सरस्वति गौतम, राजन न्यैपाने मानव अधिकार एलाईन्स भक्तपुरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ मानबिय आस्था नेपालकि महासचिव उत्तरा नेपाल समाजसेवी राजन ढुङ्गेल, साहित्यकार रामेश्वर राउत मातृदास र प्रा डा राम प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । सस्थाका अध्यक्ष पशुपति दँगालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दस हजार पुरस्कार राशी भएको अभियान पुरस्कार २०८० प्रा डा राम प्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो । भने अभियान कलाकार सम्मान २०८० बाट वरिष्ठ कलाकार देशभक्त खनाल त्यसै गरि यस वर्षको अभियान समाज सेवा सम्मान २०८० समाजसेवी राजन ढुङ्गेल र अभियान साहित्य सम्मान २०८० बाट बाल साहित्यकार रामेश्वर राउत मातृदासू सम्मानित हुनु भएको थियो भने यसबर्षको विशेष योगदान सम्मान २०८० बाट रमेश घिमिरे सम्मानित हुनु भयो । त्यसैगरि मध्यपुर थिमि नगरपालिका ३ नम्बर वडालाई विशेष कदर पत्र प्रदान गरिएको थियो । अभियान स्मारिका २०८० को बिषयमा डा रमेश शुभेच्छुले समीक्षा गर्नु भएको थियो । भने युवा साहित्याकार तथा प्रधान सम्पादक घनश्याम गौतमले स्मारिका प्रकाशन गर्दाका कठिनाई र चुनौती हरु प्रशस्त भएपनि साहित्यको भोकले लेखक र कलाकार कहिल्यै नथाक्ने र कहिल्यै नअघाउने बताए । कार्यक्रममा स्वागत मन्तव्य दिदै उपाध्यक्ष खगेन्द प्रसाद गुरागाईले बामे सर्न लागेको बच्चालाई उभिन सक्ने बनाउन सँस्थाको कार्यक्रमको निरन्तरता हुनु पर्ने बताए । समापन भाषण गर्ने क्रममा सभापति पशुपति दँगालले सँस्थामा सहयोग गर्न चाहाने मनकारी साहित्यकार तथा साहित्यप्रेमिहरुलाई अक्षयकोष राखेर सहयोग गर्न समेत अपिल गर्नु भयो । कपाल दारी सेतै फुलेपनि अझै काम गर्ने जोश जागर छ भन्दै यो सम्मानले आफुलाई जवान बनाएको र अझै कलाकारिता निरन्तर गर्ने भन्दै बरिष्ठ कलाकार देश भक्त खनालले आफुलाई सम्मानको योग्य देखेकोमा आयोजकलाई धन्यवाद दिनु भयो । त्यसै गरि समाजसेवी राजन ढुङ्गेलले अरुलाई सहयोग गर्दा आफुलाई आनन्द आउने र आफुले पुर्जिबन प्राप्त गरेकोले बाकि जीवन सामाजिक कार्यमा बिताउने र सँस्थालाई पनि आफुले सकेको सहयोग गर्ने वचन दिए । बाल साहित्यकार रामेश्वर राउत मातृदासले यस्ता खाले कार्यक्रमले लेखक, कलाकारलाई निकै उर्जा दिन्छ र लेख्न उत्प्रेरणा जगाउछ भन्दै प्रशंसा गरेका थिए । विशेष योगदान सम्मान बाट सम्मानित रमेश घिमिरेले सँस्थालई सहयोग गर्न पाउँदा आफलाई आनन्द लाग्ने गरेको आगामि दिनमा यस्ताखाले सहयोग निरन्तर गरिरहने बाचा गरे । संस्थाको साधारण सभा सम्पन्न

यसै गरि सोहिदिन सँस्थाको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले निर्बिरोध केन्द्रीय समिति चयन गरेको छ । अभियान साहित्य कलाकार समाजको कार्यकारी समितिमा अध्यक्ष पशुपति दँगाल, उपाध्यक्ष खगेन्द्र प्रसाद गुरागाई, सचिवमा घनश्याम गौतम कोषाध्यक्षमा युगज्योति क्रियाशिल, सदस्यहरुमा दिपेश सेढाई सानू घायल, सुरेश तिमल्सिना र गोबिन्द प्रसाद निरौला निर्बिरोध चयन भएका हुन् । संरक्षकमा वरिष्ठ हाँस्यब्यङ्ग लेखक डम्बर घिमिरे हुनुन्छ । कार्यक्रमलाई गायक तथा उद्घोषक अजय अधिकारीले उद्घोषण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार