समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक छ : उपप्रधानमन्त्री सिंह

दक्ष खबर 12604+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

काठमाडौँ । उपप्रधानमन्त्री एवम्  शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। 

बुधबार नेपाली कांग्रेसकाे शिक्षा विभागको आयोजनामा  शिक्षा नीति बहस अन्तर्गत `विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार´ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटाेमा डाेर्याउने जगनै शिक्षा भएकाे बताउनुभयाे ।  राम्राे शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उहाँकाे भनाई छ  । शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताउनुभयाे ।

त्यस्तै उहाँले  नेपालमा शिक्षाकाे  लहर ०७ सालको क्रान्तिपछि आएको भन्दै उहाँले अब समयअनुकूलकाे शिक्षा दिन सक्नुपर्ने धारणा राख्नुभयाे । अहिले शिक्षाकाे धेरै अधिकार स्थानीय तहमा  रहेकाे भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सराेकारवालाहरूकाे सुझाव महत्वपुर्ण हुने बताउनुभयाे । कार्यक्रममा नगर प्रमुख र उपप्रमेखहरूले  शिक्षा विधेयमाथि पालिकाकाे धारणा र सुझाव राखेका छन् । 

विभागका प्रमुख नैनसिंह महरले  स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएकाे सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उहाँहरूकाे सुझाव समेट्नका लागि विभागले विमर्श कार्यक्रम आयाेजना गरेकाे बताउनुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार