हनुमानढोकाबाट चोरी गरी बेलायत पुगेको ‘कुमारी छें’ तोरण २१ वर्षपछि पुनःस्थापना (तस्विरसहित)

दक्ष खबर 16514+ समाचार ( )
५ मंसिर २०८२, शुक्रबार

काठमाडौँ ।  बेलायतको बाराकाट ग्यालरीसम्म पुगेको कलाकृति २१ वर्षपछि पुनः काठमाडौँ फर्केको छ ।

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित कुमारी घरको भुईंतल्लाको बायाँपट्टिको पाँचौँ झ्यालमाथि रहेको अर्धगोलाकार काठको क्षेपु (कुमारी छें) करिब २०५८ सालतिर चोरी भई २०७९ सालमा नेपाल फिर्ता गरिएको उक्त ऐतिहासिक तोरणलाई संरक्षणका लागि राष्ट्रिय संग्रहालयमा राखिएको थियो।

शुक्रबार सो तोरणलाई पुनः कुमारी घरमै स्थापना गरिएको छ। १७–१८ औँ शताब्दीको मानिने यो काठकाे कलात्मक तोरणको आकार १०४ बाइ ५५ से.मी. रहेको छ।

तोरण फिर्ता तथा पुनः स्थापनाका लागि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगत, वडा २३ का अध्यक्ष मचाराजा महर्जन, कुमारी छेंका चिताइदार गौतम शाक्य, गणपतिलाल श्रेष्ठ, गौरव शाक्य, अमित बज्राचार्य तथा संजय अधिकारी उपस्थित थिए।

राष्ट्रिय संग्रहालयका प्रमुख अरूण नकर्मी, भण्डारे र सरिता तिमल्सिनाले तोरण हस्तान्तरण गर्नुभएकाे  थियाे ।  तोरणलाई खटमा राखेर बसन्त ल्याई विधिपूर्वक पुनः स्थापना गरिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार