समाज र बिज्ञान पछाडी फर्किदैन : गृहमन्त्री

दक्ष खबर 16457+ समाचार ( )
२२ माघ २०८१, बिहीबार

डडेलधुरा । गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफिर्किने बताउनुभएको छ ।

बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो ।

“देशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ ।” 

गृहमन्त्री लेखकले भन्नुभयो,“लोकतान्त्रीक ब्यबस्थामा  अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइएन अगाडी बढ्ने हो ।”

त्यसैगरी, “समाजमा क्रान्तिकारी परीवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउनुभयो, संसारमा आजसम्मको प्रगती क्रान्ती र परीवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गर्नुभयो।” 

जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार