पालित पोसित समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री

दक्ष खबर 17388+ समाचार ( )
२६ जेठ २०८३, बुधवार

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । "प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,"अर्थमन्त्री वाग्लेले भन्नुभयो, 

"नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट  प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।"

सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उहाँले आग्रह गर्नुभयो । संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार