थ्री बाई थ्री बास्केटबलमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका टिम खेल्ने

दक्ष खबर 16457+ समाचार ( )
२६ पौष २०८१, शनिबार

काठमाडौँ । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । 

शनिबार पत्रकारसम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ । 

पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । ‘पहिलो संस्करण हामीले निकै भब्य आयोजना गरेका थियौं । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौं । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ ।’

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवनराज जोशीको सहभागिता रहेको थियो । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए । 

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् । ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमी खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुबै टोलीको समर्थन रहेको छ ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार