काठमाडौँ । सेन्ट लरेन्स कलेजको आयोजनामा 'सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो २०८०' आयोजना हुने भएको छ ।
आगामी माघ २५ गतेदेखि २६ गतेसम्म एक्स्पो सञ्चालन हुने सेन्ट लरेन्सका प्राचार्य पुरूषोत्तम महर्जनले जानकारी दिनुभयो ।
उहाँले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि विद्यार्थीहरूमा रहेको सिप क्षमता तथा दक्षतालाई प्रवद्धन गर्न एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँले, विद्यालय स्तरीय दुई दिने विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले विज्ञान तथा प्रविधि प्रदर्शनीले २१ अौँ युगको समाजको प्रतिनिधित्व गर्दै अगाडि बढ्न लागिएको बताउनुभयो । उक्त कार्यक्रमको तयारी पुरा भएको प्राचार्य महर्जनले बताउनुभयो ।