विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान छ : संस्कृतिमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
१३ मंसिर २०८१, बिहीबार

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको  बताउनु भएको छ ।

काठमाडौंमा आयोजित चौथो विश्व शान्ति पूजाका अवसरमा बोल्दै मन्त्री पाण्डेले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन  योगदान पुगेको बताउनु भएको हो । 

ज्ञानबाट धन तिर जानलागेको समाजलाई बुद्ध मार्ग कै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने उहाँको भनाइ थियोे । मन्त्री पाण्डेले नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एक पटक नेपाल आउनु पर्ने बताउँदै एकपटक आएकोले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेको बताउनु भयो । 

विश्व एक परिवार भएकाले विश्वभर एकता र मेलमिलाप हुनु पर्ने उहाँको भनाइ थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार