सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

दक्ष खबर 16457+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार