नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडानबारे  छ्लफल 

दक्ष खबर 15672+ समाचार ( )
१८ मंसिर २०८१, मङ्गलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति महामहिम जन जे-सू  भेट गर्नु भएको छ ।

भेटमा नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडान सुचारू गर्ने बिषयमा छ्लफल भएको थियो । नेपाल एअरलाइन्सको सिधा उडान नहुदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे जानकारी गराईएको थियोे ।

भेटमा मन्त्री पाण्डेले  यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको  ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताउनु भएको थियो ।

यस्तैकोरियन कम्पनी सामसुङ (Samsung) र हुन्डे (Hyundai) ले नेपालमा लगानी गरेर Made-in-Nepal टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गर्नु भएको थियो । कोरियाली प्रतिनिधि मण्डलले नेपालदेखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार