ओली-प्रचण्ड भेटपछि माओवादीले भन्यो : संक्रमणकालीन न्याय टुंग्याउन भइरहेको प्रक्रिया सकारात्मक पायौँ

दक्ष खबर 15665+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताउनु भयो । अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराउनुएको उपमहासचिव पुनले बताउनु भयो । संक्रमणकालका पीडितहरुले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग आफ्ना सरोकारका विषयहरु राख्नुभएको र सोमवार अध्यक्ष दाहालसँग भेटेर छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

उपमहासचिव पुनले भन्नुभयो, ‘टिआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका र चर्चा भएका र त्यसबारेमा भइरहेका प्रक्रियाको बारेमा प्रधानमन्त्रीज्युसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले आज जिज्ञासाहरुमा छलफल भएको छ । प्रधानमन्त्रीज्युले अहिले भइरहेका प्रक्रियाहरु, पीडितहरुले उहाँसँग उठाएका सरोकारका विषयहरु र नेपाली काँग्रेसका सभापतिज्युसँग पनि भिक्टिमहरु गएर आफ्ना सरोकार राखेका रहेछन् । भोलि प्रमुख प्रतिपक्ष दलका नेता कमरेड प्रचण्डसँग समय लिनुभएको छ, छलफलका लागि । त्यही विषयहरुमा छलफल भयो । यो प्रक्रिया सकारात्मक रुपले अघि बढिरहेको नै पायाैँ । कहाँ पुग्यो र के भइरहेको छ भन्ने विषयमा प्रधानमन्त्रीज्युले प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउनुभयो ।’

उहाँले टिआरसीसँग सम्बन्धित प्रक्रियाहरु सकारात्मक रुपले नै अघि बढिरहेको आफूहरुले पाएको बताउनुभयो ।न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार