काठमाडौँ । नेपाल संंवत् ११४५ 'न्हु दँया भिन्तुना'का अवसरमा काठमाडौँ महानगरपालिका वडा ८ मा आयोजना हुने 'भिन्तुना -याली'लाई व्यवस्थित बनाउन र समयमानै र्याली शुरूवात गरि समापन गर्ने विषयमा स्थानीय संघ संस्थाहरूबिच छलफल भएको छ ।
कामपा ८ जयवागेश्वरीमा नवाली टोलमा रहेको सन्ध्या पुस्तकालयमा बसेको बैठकमा स्थानीय क्लबहरूका प्रतिनिधिहरूले भिन्तनालाई नेपाल संवत्, नयाँ बर्षका रूपमा अगाडि बढाई र्याली सहित सबै संघसंस्था मिलेर एकजुट भएर अगाडि बढ्नुपर्नेमा एक जुट भएका छन् ।
यस वर्ष आगामी कात्तिक १७ गते शनिबार 'भिन्तुना -याली'आयोजना हुन लागेको र १ हजार जना स्थानीय सहभागी हुने", काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडा अध्यक्ष संगतले बताउनुभयो ।
"हरेक क्लबहरूले एकापसमा पालो हस्तान्तरण गर्दै -याली आयोजना गर्नुले भातृत्व कायम हुने गरेको बताउदैँ उहाँले -याली आयोजना गर्न पहिलाको जस्तो गाह्रो नरहेको र परिस्थिति अनुरूप परिवर्तन हुदैँ गईरहेको बताउनुभयो ।" भिन्तुनाका लागि संघसंस्थाहरूले वडा कार्यालयले पनि सक्दो सहयोग गर्दै आईरहेको संगतले बताउनुभयो ।
२१ वर्ष अगाडि पशुपति सिर्जनशील युवा क्लबले शुरूवात गरेको भिन्तुना -यालीको प्रचलनलाई हाल स्थानीय ६ वटा क्लबहरूले एकापसमा पालो लिदैँ सञ्चालन गर्दै आईरहेका छन् । विषेशगरी, स्थानीय गुठि, खल, पुच, स्थानीय संघसंस्थाहरू सँगको सहकार्य एवं समझदारी अनुरूप -याली सञ्चालन हुदैँ आईरहेको छ ।
हाल सन्ध्या पुस्तकलय, पशुपति सिर्जनशिल युवा क्लब, जयवागेश्वरी युवा क्लब, श्री देउला सेवा समाज, टोल सुधार समिति र श्री गुरू नित्यनाथ चा: बही खल: ले हरेक बर्ष पालो आदानप्रदान गर्दै सञ्चालन गरिरहेका छन् भने, यस वर्ष सन्ध्या पुस्तकालयको पालो परेको छ । सन्ध्या पुस्तकालयले र्याली तेस्रो पटक सञ्चालन गर्दैछ ।
जात्राको लागि मुल समारोह समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा सन्ध्या पुस्तकालयका अध्यक्ष शिव कुमार संगत रहनुभएको छ । कामपा - ८ मा स्थानीय १७ वटा संघसंस्था क्लबहरू रहेका छन् ।
नेपाल संवत ११४५ न्यु दँया भिन्तना -याली परिक्रमा पथ यस्दो रहेको छ ।
Kutubahal