गोनपा -८ द्वारा फुटपाथमा मापदण्ड विपरित बनेका संरचनामा सवारीसाधन पार्किङ, निर्माण सामाग्री नराख्न आग्रह

दक्ष खबर 16457+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा-८ ले फुटपाथमा मापदण्ड विपरित बनेका संरचनामा सवारीसाधन पार्किङ, निर्माण सामाग्री तथा ठेलागाडा नराख्न अनुरोध गरेको छ । 

गोनपा वडा -८ ले आज एक सुचना जारी गर्दै फुटपाथमा मापदण्ड विपरित बनेका संरचनाहरूमा तथा मुल सडक शाखा सडक तथा भित्रि सडकहरूमा कुनै पनि किसिमको निर्माण सामग्री तथा ठेलागाडा नराख्न र सवारीसाधन पार्किङ नगर्न अनुरोध गरेको हो । 

माथि उल्लेखित विषयहरूमा अटेर गरेको पाइएमा स्थानीय ऐन अनुसार कार्वाही गरिने वडाअध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले, 'मापदण्ड विपरीत जथाभावी रूपमा निर्माण सामाग्री तथा ठेलागाडा राख्दा वडावासीहरूलाई समस्या परेकाले सडकलाई व्यवस्थित बनाउन यस्तो गरिएको बताउनुभयो ।' गोनपा - ८ ले अव्यवस्थित संरचनाहरूको सदुपयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार