एमएस समूहको नयाँ पुस्ताकी माल्भिकाले ल्याइन् ‘बुनेको : कैश्मियर टेल्स’

दक्ष खबर 7716+ समाचार ( )
नेपाली उत्पादनलाई ग्लोबल ब्राण्डमा बनाउने चाहना !
४ अशोज २०८०, बिहीबार

काठमाडौँ । व्यवसायिक घराना एमएस ग्रुपको नयाँ पुस्ताकाे सदस्यका रूपमा रहनुभइकी माल्भिका अग्रवालले ‘बुनेको : कैश्मियर टेल्स’ अनलाइन फेसन सप संचालनमा ल्याउनुभइकाे छ । होटल मेरियटमा आयाेजित  विशेष  समारोहका बिच उहाँले ‘बुनेको’ को ग्राण्ड ओपनिङ गर्नुभएकाे हाे  । 

ओपनिङ समारोहमा ‘बुनेको : कैश्मियर टेल्स’ का विभिन्न डिजाइनहरु प्रदर्शनीमा राखिएको थियो । स्कार्फ, ट्युब टप, स्वेटर, सललगायतका एक दर्जन बढी डिजाइनकाका पहिरनहरु प्रदर्शनमा राखिएको थियो । 'माल्भिकाले सानैदेखिको रुचिअनुसार आफूले फेसनमार्फत मुलुकमा केही फरक गर्न चाहेको बताउनुभयाे ।'  

उहाँले, ‘मलाई सानैदेखि फेसनमा एकदम रुचि थियो । फेसन दुनियाँको रौनक र सिर्जनशीलताले आकर्षित थिएकाे र , एकदिन म यसै दुनियाँमा आफ्नो छाप छोडेर मेरो देश नेपालका लागि पनि केही सकारात्मक योगदान दिने सोचमा थिए । त्यही प्रयासतर्फको पहिलो कदमका रुपमा आफूले ‘बुनेको : कैश्मियर टेल्स’ सञ्चालनमा ल्याएको बताउनुभयाे ।'

उहाँका अनुसार ‘बुनेको’ को सुरुवात मास्टर्सको थेसिस गर्दा भएको हो । ‘मेरो थेसिस नेपालको कैश्मियर ब्रान्ड र यसले विश्व बजारमा लिन सक्ने अवस्थाको बारेमा थियो,’ उहाँले बताउनुभयाे, ‘यसमा गहन अध्ययन, विश्लेषण गर्दै बजारको गतिशीलता, ब्रान्ड बेचबिखन हुनसक्ने महत्वपूर्ण ठाउँहरु, ब्रान्डको विश्वव्यापी फैलावटको सम्भावना लागि गरिनुपर्ने रणनीतिको बारेमा अध्ययन गरे ।’ 

माल्भिकाले आफू ‘बुनेको : कैश्मियर टेल्स’ मार्फत नेपाली फेसन अन्तर्राष्ट्रिकरण गर्न जुटेको बताउनुभयाे । ‘मेरो अन्तिम चाहना नै बुनेको कश्मीरीको माध्यमबाट फेसनमा नेपालको प्रतिभा, सामग्री र कला विश्वलाई देखाउँदै नेपालको नाम विश्वमा चिनाउने  हो ।’ उहाँका अनुसार कपडाको मुल्यअनुसार यसको गुणस्तर र दिगो स्थिरता कपडाका आधारभूत गुण हुन् । गुणस्तरले कपडाप्रतिको विश्वास बढाउँछ भने, साजसज्जा यसलाई जीवन्त बनाउँने उहाँकाे दावी छ ।

बुनेकोः कैश्मियर टेल्स’ आफ्नो मुटुमा बसेको नाम भएको उहाँँले बताउनुभयाे । उहाँले यो नाम छनोट गर्नुका पछाडिको कारण खुलाउँदैं, ‘बुनेको भनेको नेपालीमा बुन्नु हो, बुन्नु शब्दले मैले गर्ने कार्यको उद्देश्य र मर्म प्रस्तुत गर्ने ,’ बताउनुभयाे । उहाँले, ‘आखिर मैले गर्न खोजेको नै विभिन्न कला, संस्कृति र कथाहरुलाई एकापसमा बुनेको त हो । मैले यसबाट यस्तो धरातल निर्माण गर्न खोजेको हो जसले समावेशीकरण र एकता प्रकट गरोस् ।’ मुलुकमा जाति, भाषा र समुदायका नाममा विभाजन बढिरहेका बेला एक युवा नेपालीलाई फेसन ब्राण्डमार्फत एकता खोजिरहेको छ । 

‘बुनेको : कैश्मियर टेल्स’का उत्पादनमा नेपालको शील्प कौशल र इटालीको डिजाइनको विशिष्ट कलालाई एकै ठाँउमा ल्याउने प्रयास गरिएको छ ।  यसका धेरैजसो डिजाइनहरु एकदम सावधानीपूर्वक फेसनको सम्पदा मानिने इटालीमै गरिएको माल्भिकाले बताउनुभयाे । ‘ती डिजाइनलाई कला, संस्कृति र परम्पराको धनी देश नेपालमा जीवन्त रुप दिइएको हो,’ उहाँले बताउनुभयाे । ‘यो दुइटाको एकताबाट बनेका वस्तु हेर्दा अवश्य लोभलाग्दा छन् नै । साथै, स्थानीय कला र विश्वव्यापी प्रस्फुटनको सन्देश पनि बोकेका छन् ।’ 

‘बुनेको : कैश्मियर टेल्स’लाई छुट्टै अस्तित्व प्रदान गर्ने गरी डिजाइनका पछाडिका ‘टेल्स’ अर्थात कथाहरु हुन् । ‘हरेक बनेका वस्तुको यहाँ आफ्नै कथा छ, आफ्नै छुट्टै यात्रा छ,’ माल्भिकाले बताउनुभयाे, ‘त्यही कथालाई ती कुशल शिल्प, कौशलकार अथवा कालिगडले आफ्नो कलामा उनेर सुन्दर कपडा बनाएका हुन ।’ उहाँकाअनुसार हिमालमा बनेको कपडाको स्रोत र कपडा बनाउँदा प्रयोग गरिएको डिजाइनले हरेक बुनाइलाई जीवन दिएका छन् । 

माल्भिका ‘बुनेको : कैश्मियर टेल्स’का कपडाहरु केवल कपडा मात्रै छैनन् । ‘कथाहरुले हाम्रो वस्तुमा अझै गहिरो भावना र जीवन ल्याएका छन्,’ उहाँले बताउनुभयाे, ‘कपडा केवल कपडा मात्रै नभई जीवन्त कलात्मकता र संस्कृतिको रुपमा परिचय छोडेका छन् ।’

‘बुनेको : कैश्मियर टेल्स’ले सारी, ट्युब टप्स र अन्य कपडाका उत्पादनहरु पनि ल्याएको छ । माल्भिकाअनुसार कैश्मियर बहुमुखी हुनुका साथै यसले ग्राहकको आराम र स्टाइललाई पनि जोड दिएको छ । ‘सारी, ट्युब, टप्सलगायतका कैश्मियरबाट बनेको लुगा लगाउँदा साँच्चै सपना पूरा भएजस्तै लाग्ने उहाँले बताउनुभयाे, ‘यी लुगाको कपडाले न्यानोपना र कोमलताको आभास गराउँदै लगाउनेलाई आफ्नै शैली र फेसनमा मन्त्रमुग्ध बनाउनेछ ।’

जाडोमा मानिसहरुले फेसनेबल लुगा लगाउँन नै पाइरहेका हुँदैनन्, माल्भिकाले जाडोका लागि आकर्षक डिजाइनका न्याना पहिरनहरु पनि कैश्मियर भण्डारमा उपलब्ध हुने जानकारी दिनुभयाे । हाललाई ‘बुनेको : कैश्मियर टेल्स’का लुगाहरु अनलाइन स्टोरमार्फत उपलब्ध हुने उहाँले जानकारी दिनुभयाे । माल्भिकाले बेलायतबाट फेसनमा स्नातक र इटालीबाट फेसनमै स्नातकोत्तर गर्नुभएकाे छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार