आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

दक्ष खबर 16458+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

काठमाडाैँ । हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ । वागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा  तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार