सामाजिक कुरीती अन्त्यसम्बन्धी कानुन निर्माण गर्न गृहमन्त्रालयले समिति बनाउने

दक्ष खबर 7516+ समाचार ( )
१० आषाढ २०८१, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताउनुभएको छ । अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृहमन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उहाँले यसप्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पार्नुभयो ।

उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारालाई दिनेछ । सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मुल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गर्नुभयो ।

“अछाममा जुन घटना भयो, त्यो दःखद् हो । गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । तर विषय यो मात्र होइन । आगामी दिनमा यस्ता घटना हुन कसरी नदिने ? हाम्रो ध्यान त्यसतर्फ छ”, उहाँले भन्नुभयो । कुप्रथा अन्त्यका लागि सरकारले चलाइरहेका कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा प्रश्न उठेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले यसअघि भएका अध्ययनको निष्कर्ष फेरि अध्ययन गरी प्राप्त सुझावका आधारमा प्रभावकारी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताउनुभएको थियो । छाउगोठ बनाउनु कानुनी रुपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उहाँहरुको सुझाव छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार