होटल व्यवसायी संघ काठमाडौँद्वारा अर्थमन्त्रीलाई व्यवसायीका समस्या बारेमा ज्ञापन पत्र पेश

दक्ष खबर 16457+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडाैँ । होटल व्यवसायी संघ काठमाडौँले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर व्यवसायीका समस्याहरूका बारेमा ज्ञापन पत्र पेश गरेका छन् ।

संघका अध्यक्ष शैलेश कार्कीले अर्थमन्त्रीलाई पेश गर्नुभएको ज्ञापन पत्र संघका बरिष्ठ उपाध्यक्ष सुरेश बराल, उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षको समुपस्थितीमा सचिवालय सदस्य शैलेन्द्र बिक्रम थापाले अर्थमन्त्रीलाई बाचन गरेर सुनाउनु भएको  हाे ।


'साना तथा मझौँला होटल व्यवसायीहरूलाई प्यानमा रहेर कारोबार गर्न पाउने सिमा तीस लाखबाट बढाएर साठी लाखसम्म बनाउने, होटल सेवा मूलक व्यवसाय र कृषि उपजको प्रयोग गर्न व्यवसाय भएको कारणले सेवा मूलकमा हाल लिईरहेको भ्याट १३ प्रतिशतबाट घटाउन पहल गर्न पत्र मार्फत जनाइएकाे,' होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष शैलेश कार्कीले बताउनुभयाे । 

व्यवसायीहरूले व्यवसायमा गरेको लगानीलाई नै आधार मानेर बिना धितो व्यवसाय कर्जा दिने व्यवस्था गर्न र डिजिटल मार्केटिङ्गको लागि आवश्यक डलर कार्डको सिमा प्रतिर्वर्ष पाँच सय डलर पर्याप्त नभएकोले सिमा बढाउने लगायतका मागहरू राख्दै ज्ञापन पत्र बुझाइएकाे  कार्कीले बताउनुभयाे ।


जिल्ला होटल व्यवसायी संघ काठमाडौँ, काठमाडौँमा होटल व्यवसाय गरिरहेका होटल व्यवसायीहरूको व्यवसायिक संगठन हो भने, यसका सदस्यहरू काठमाडौँको विभिन्न क्षेत्रमा गठन भएका आठ वटा ईकाईहरूमा रहेका छन् ।

संघ २०७४ सालमा गठन भए पश्चात व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्वन र प्रयर्टन प्रवर्द्वनमा निरन्तर काम गर्दै आईरहेको संस्था हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार