नन्दी माध्यामिक विद्यालय नक्सालको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

दक्ष खबर 12263+ समाचार ( )
८ वैशाख २०८०, शुक्रबार

काठमाडौंँ । काठमाडौँको नक्सालमा रहेको नन्दी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना अभियान अन्तरगत र्‍याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि नन्दी माध्यमिक विद्यालयका विद्यार्थी  र शिक्षकहरुको सहभागीतामा र्‍यालीको सम्पन्न गरेको  हो ।  

उक्त र्‍याली नारायण चौर हुँदै गैरीधारा, टंगाल, मालीगाउँ, हाँडीगाउँ, सानो गौचरण, ज्ञानेश्वर, कमलपोखरी, हातीसार, नागपोखरी लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो ।  र्‍यालीमा सहभागी शिक्षक -विद्यार्थीले विभिन्न शैक्षिक  नारा लेखिएका ब्यानर र प्लेकार्डहरू प्रस्तुत गरेका थिए । 

प्रधानाध्यापक गीता काफ्लेले, "नन्दी माध्यामिक विद्यालयले प्रत्येक वर्षको शैक्षिक प्रारम्भ सँगै आम सर्वसाधारणको जानकारीका लागि यस्तो र्‍यालीको आयोजना गरिराखेको र यस्तो र्‍याली मार्फत हामीले अभिभावकको ध्यान खिच्न सकेका उहाँले बताउनुभयो । " 

"नन्दी माध्यामिक विद्यालय वडा-१ को नमूना विद्यालय हो । यहाँ प्लेग्रुपदेखि मा वि तहसम्मका विद्यार्थीहरुका लागि आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सामग्रीको पर्याप्तता छ । नि:शुल्क अध्ययनको अवसरका साथै स्वस्थ्यकर खाजा खान पाउने अवसरको संपूर्ण लाभ विद्यार्थीले उपयोग गर्न पाउन भन्ने थप उद्देश्यले र्‍यालीको आयोजना गरिएको प्रधानाध्यापक गीता काफ्ले बताउनुभयो । 

"हामी सँग अत्यन्तै योग्य र तालिमप्राप्त शिक्षकहरुको टीम हुनुका साथै भौतिक सुविधा सम्पन्न शैक्षिक पूर्वाधार समेत रहेकोले अभिभावकलाई एकपटक विद्यालयको अवलोकन भ्रमणको निम्तो दिन पनि र्‍यालीको आयोजना गरिएको " काफ्लेले बताउनुभयो ।

यस्तो, र्‍यालीबाट शिक्षकहरु थप उत्साहित हुने र समुदाय प्रति विद्यालयको जिम्मेवारीलाई बुझ्न र्‍यालीले सहयोगी हुने विद्यालयका बिहानी सत्रका संयोजक माधव ओलीले बताउनुभयो ।

म स्वयं एक स्थानीय भएकोले ऐतिहासिकता  र  गौरवमय शैक्षिक बिरासत बोकेको नन्दी माध्यामिक विद्यालयको सकारात्मक पक्षलाई जनसमक्ष लिएर जाने यत्न स्वरूप यो र्‍यालीको आयोजना गरिएको र नन्दी माध्यामिक विद्यालय नक्साल क्षेत्र कै एक शैक्षिक धरोहर रहेको शिक्षक प्रभा पन्तले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार