प्रहरी स्कर्टिङसहित दुर्गा प्रसाइ झापाको भद्रपुरमा, बुद्ध एयरमा काठमाडौं पठाउने तयारी

दक्ष खबर 16458+ समाचार ( )
२८ फाल्गुन २०८१, शुक्रबार

इटहरी ।  चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ । 

नेपाल प्रहरीको विशेष ब्यूरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो । भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको स्थानीय संचारकर्मी पर्वत पोर्तेलले जानकारी दिए । 

पोर्तेलका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी शुक्रबार विहान भद्रपुर विमानस्थलतर्फ लगिएको हो । उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गरिएको छ । बुद्धको ११ बजेको उडानमार्फत काठमाडौं लगिने बताइए पनि निश्चित भइसकेको छैन् । 

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारे नेपाल न्यूज बैंकसँगको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’

गत चैत्र १५ थते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको जनाइएको छ ।  तर प्रसाईंल भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेको जनाएका छन् । 

तर प्रहरी अधिकारीहरुले भने उनी पक्राउ परेको पुष्टि गरिसकेका छैनन् । उनलाई  जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राख्ने कि काठमाडौं ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार