जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न

दक्ष खबर 16458+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौँ । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । दियालो फुडल्याण्ड नेपालटारमा आयोजित एक समारोहका बिच संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनेश आचार्यले राख्नुभएको थियो । उक्त साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को  विभिन्न प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०८०/८१ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

संस्थाका कोषाध्यक्ष गोबिन्द प्रसाद निरौलाले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी प्रवन्धक गोसन बहादुर राउतले संस्थाको २०८१/८२ को भावी लक्ष्य तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै, सभाका सभापति एवम् जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ 'बलामी'ले, ' सहकारी संस्थाको नाजुक अवस्थाका बाबजुद पनि यहाँसम्म पुर्याउन साथ सहयोग गर्नुहुने विभिन्न सेयर सदस्य लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । '

उहाँले,सहकारी संस्था भागाभाग रहेको परिपेक्षमा संस्थालाई मुनाफामा देखाउन सक्नु पनि संस्थाको उपलब्धि रहेको बताउँदै यसलाई सम्पूर्ण बचतकर्ताहरूको विश्वासका रूपमा लिएको बताउनुभयो । 


त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं नेफस्कुन सञ्चालक सदस्य खेमराज सुवेदीले,'संस्थाको उन्नति प्रगतिको कामना गर्दै बचत कर्ताहरूलाई यस संस्थाप्रति विश्वास गरेर ढुक्क हुन आग्रह गर्नुभयो ।' उहाँले, बित्तिय कारोबार  गर्ने सहकारीले सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तको परिपालना एवं वित्तीय स्वस्थता कायम गर्नुपर्ने बताउने ।

समारोहको सभापतिका रूपमा चन्द्र बहादुर श्रेष्ठ 'बलामी'रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा नेफस्कुन सञ्चालक सदस्य  खेमराज सुवेदी रहनुभएको थियो । त्यस्तै, अतिथिका रूपमा नेफस्कुन फिल्ड कार्यालय  प्रमुख खिलनाथ लुईटेल रहनु भएको थियो । 

सोही कार्यक्रममा संस्थाले ३९ करोड बढी कुल सम्पत्ति रहेको साकोसले आजबाट मोबाइल एप पनि सार्वजनिक गरेको छ । संस्थाले १५औँ वार्षिकोत्सबमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएकाे थियाे भने, सस्थांले सेयर सदस्यहरूलाई दश प्रतिशत  बोनस प्रधान गर्ने  निर्णय समेत गरेको छ । कार्यक्रममा संस्था पदाधिकारी सहित करिब पाँच सय हाराहारी शेयर सदस्य तथा सदस्य संस्थाका पदाधिकारीहरूको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार