केन्द्रीय समितिले पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसक्यो : मनोजमणि आचार्य

दक्ष खबर 15672+ समाचार ( )
३ कार्तिक २०८२, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए । 

विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए । 

उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए । 

आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पार्दै उनले आगामी मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकोमा जोड दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार