काठमाडौँ । नेशनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगरसमितिको व्यवस्थापनमा कविता वाचन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँले आगामी साउन १९ गते कविता वाचन प्रतियोगिता आयोजना गर्ने भएको हो ।
कविता वाचनका लागि नेशनल प्याब्सनले विभिन्न नियमहरू लागू गरेको छ । कविता वाचनमा नेशनल प्याब्सन काठमाडौँ जिल्लाको सदस्य विद्यालयमा अध्यायनरत कक्षा ६ देखि १० सम्मका छात्ररछात्रा मध्ये एक जनाले भाग लिन पाउने छन् ।
प्रतियोगितामा समावेश कविता आफैंद्वारा रचित हुनु पर्ने छ । रचित कविता गद्य वा पद्य दुवैलाई समावेश गराइने छ । कविता वढिमा २०० शव्दसम्मको हुनु पर्नेछ । कविताको माध्यम नेपाली हुनुपर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगि विद्यार्थीको नाम आगामी १६ गतेभित्र बुझाइसक्नु पर्नेछ । प्रतियोगितामा भाग लिन प्रति विद्यालय १००० रूपैयाँ सहभागी शुक्ल तय गरिएको छ । प्रतियोगितामा उत्कृष्ट पाँचजना प्रतियोगिलाई पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।
प्रतियोगितामा क्रमश प्रथमलाई ३००० द्वितीयलाई २००० तृतीयलाई १५०० र चतुर्थलाई १००० सहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम संयोजक सन्तु खड्काले जानकारी दिनुभयो । कार्यक्रम साउन १९ गते शुक्रबार विहान १० बजे भीमेश्वर एकेडेमी, कागेश्वरी मनोहरा- ९ काँडाघारीमा आयोजना हुने बताइएको छ ।