हजारौँको सहभागितामा काठमाडौँमा नशामुक्ति जनजागरण पदयात्रा सम्पन्न                             

दक्ष खबर 6462+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

 काठमाडौँ। भगवती मानव कल्याण संगठनले “नशामुक्त नेपाल, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ हजारौँको सहभागितामा काठमाडौँमा जनजागरण पदयात्रा सम्पन्न गरेको छ ।

आज विहान ८ः ३० बाट काठमाडौंको पशुपति क्षेत्र परिसर स्थित सुमार्गी भवनबाट शुरु भएर क्रमशः गौशाला, जयबागेश्वरी, सिफल चौर, गणेशस्थान, गंगाहिटी, गोपीकृष्ण हल, सरस्वतीनगर, महांकाल, टुसाल चोक, श्रम स्कुलबाट खरिबोट हुँदै करिव १० किलोमिटरको  पदयात्रापश्चात गुहेश्वरी मन्दिरमा समापन भएको थियो ।

पदयात्रा संगठनका संस्थापक सञ्चालक धर्म सम्राट युग चेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको कृपा आशिर्वाद एवम् निर्देशन स्वरुप समाजलाई नशा, मांशाहारमुक्त चरित्रवान समाजको निर्माणको व्यापक अभियान हुँदै आएको छ । भगवती मानव कल्याण संगठनले निःशुल्क, निस्वार्थ सेवा भावले देशव्यापी रुपमा कार्य गर्दै आएको छ ।

भगवती मानव कल्याण संगठनले नेपालमा हाल सम्म ५ हजार भन्दा अधिक मानिसहरुलाई राष्ट्ररक्षा, धर्मरक्षा र मानवताको सेवाको लागि प्रेरित गरेको छ। । कार्यक्रमको समापन समयमा बोल्दै संगठनका केन्द्रीय महासचिव एवम् सिद्धाश्रम रत्न श्रद्धेय श्री अजय अवस्थी ज्यूले पदयात्राबाट सयौँ व्यक्तिहरुलाई नशामुक्त हुन प्रेरणा दिने संकल्प रहेको बताउनुभयो ।

संकल्पलाई पुरा गर्न संगठनले घरदैलो गएर नशामुक्त नेपालको लागि हस्ताक्षर अभियान समेत चलाएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

कार्यक्रममा अघि बढौँ दाजुभाई, नशामुक्त बन्नलाई, हामी सबैको एउटै आवाज, नशामुक्त हाम्रो समाज, सारा नेपाली के भन्छ ? नशामुक्त देश ल्याउ भन्छ, भगवती मानव कल्याण संंगठन सत्यधर्मको रक्षक हो लगायतका नाराहरु सहित हजारौँको उपस्थिती रहेको थियो ।

पदयात्राका क्रममा विभिन्न स्थानमा सबै धर्म, जाति, सम्प्रदाय र वर्गका मानिसहरु सहभागि रहेका थिए। पदयात्राको रुटमा घरबाट बाहिर निस्किएर स्थानीयले सहभागिहरुलाई ठाउँ-ठाउँमा भव्य स्वागत गरेका थिए । 

 भगवती मानव कल्याण सङ्गठनले विगत १६ वर्षदेखि नेपालमा नशामुक्त, मांशाहारमुक्त, र चरित्रवान् समाज निर्माणका लागि कार्य गर्दै आएको छ । स∙ठनले “नशामुक्त नेपाल, समृद्ध नेपाल” को देशव्यापी अभियान अन्तर्गत अध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

पदयात्रामा शान्ति सुव्यवस्था कायम गर्न महत्वपूणर् भूमिका निर्वाह गर्ने प्रहरी प्रशासन र यात्रामा सहभागिता र सहयोगका लागि संगठन समस्त मिडिया र समाजका बुद्धिजीवी एवम् आम जनसमुदायप्रति आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया

Tulsi Ram Bhandari २२ वैशाख २०८१, शनिबार

We are going to make our Country free of addiction of drugs and Alcohol to restore peace and prosperity. Jay Mata Ki....!!! Jay Guruwar Ki....!!!

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार