काठमाडौँ । आईटी प्रशिक्षण संस्था ब्रोडवे इन्फोसिस सत्रौँ वर्षमा प्रवेश गरेेको छ । २०६४ सालमा स्थापित ब्रोडवे इन्फोसिस आजबाट सत्रौँ वर्ष प्रवेश गरेको हो ।

ब्रोडवे इन्फोसिसले आफ्नो १७ वर्षको अन्तरालमा विभिन्न क्षेत्रका हस्तिहरू सँग सहकार्य गर्दै अगाडि बढ्ने अवसर पाएको र यसै अवसरमा यहाँ पढ्न चाहाने विद्यार्थीहरूलाई २८ प्रतिशत छुटमा विभिन्न कक्षाहरू सञ्चालन गरिरहेको र यो सिमित समयका लागि मात्र रहेको ब्रोडवे इन्फोसिसका सिइओ राजु अधिकारीले बताउनुभयो ।
उहाँले यसै १७ वर्षको दौरानमा ब्रोडवेले दक्षिण कोरियामा आयोजित समारोहमा ‘एसोसिओ इडिटेक अवार्ड २०२३’ पाएको बताउनुभयो ।
ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको ब्रोडवे इन्फोसिसले आगामी दिनमा आइटी क्षेत्रसँग सम्बन्धित विषयहरूमा विश्वस्तरीय शिक्षा नेपालबाटै प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो ।
काठमाडौँको तीनकुने क्षेत्रमा अवस्थित ब्रोडवेले नेपाली तथा अग्रेजी माध्यमबाट सुचना प्रविधि सँग सम्बन्धित विभिन्न विषयहरू पठनपाठन गराइरहेको छ । उक्त संस्थाले विभिन्न स्थानीय निकाय, सरकारी निकाय तथा निजी कम्पनीमा पनि तालिम प्रशिक्षण दिदैँ आइरहेको छ ।